विराटनगरः पछिल्लो हप्ता मनसुनमा आएको परिवर्तनसँगै किसानले समयमै धान रोप्न पाएका छन् ।

भुमिगत पानी र आकासे पानीको भरमा रोपाइ हुने कतिपय ठाउँमा आकासको पानी परिदिदा किसानलाई सजिलो भएको छ भने अघिल्लो साल भन्दा धेरै रोपाइ भएको प्रदेश १ को कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । यो समयमा अघिल्लो साल १७ प्रतिशत रोपाइ भएको थियो । तर, यो पटक भने २१.५ प्रतिशतसम्म रोपाइ भएको निर्देशनालयका प्रमुख प्रकास डाँगीले जानकारी दिए ।

उनका अनुसार समयमै रोपाई हुँदा त्यसको असर उत्पादनमा पुग्छ । किसानले लगाएको बीउ ठिक समयमा रोपे उत्पादन बढ्छ । तर, त्यसका लागि उचित सिँचाईसँगै धानको हेरचाह राम्रो हुनुपर्छ । प्रदेश १ को मोरङ, सुनसरी, झापा र उदयपुरमा ठुलो क्षेत्रफलमा धानखेती हुन्छ । प्रदेश १ को लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धानखेती लगाइन्छ । गत आर्थिक वर्षमा प्रदेश १ मा ३ लाख २८ हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा १२ लाख ६१ हजार ६ सय ६६ मेट्रिक टन धान उत्पादन भएको थियो । प्रदेश एकमा भदौ १५ गते सम्म धान रापिन्छ ।

ropai9