विराटनगरः प्रदेश सांसद काजिमान कागतेले किसानले मल ल्याउँदा सिमानामा प्रहरीले दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आज बसेको संसद बैठकमा सुन्य समयमा बोल्दै इलामको पशुपतीनगरको नाकामा प्रहरीले ल्यादती बढाएको भन्दै अनावश्यक दुख नदिने सरकारको ध्यानाकर्षण गराएका हन् । उनले सरकारले सिजनमा मल तथा बीउको व्यवस्थापन गर्न नसकेको सरकारले किसान आँफैले मल ल्याउँदा समेत दुख दिनु आपत्तिजनक रहेको बताए । उनले भने ‘सिमानमा सुन ल्याउँदा नाका मिच्दा नदेख्ने किसानले चियामा लगाउने मल ल्याउँदा चाहि देख्ने , दुख दिने ?’

उनले सरकारले किसानको आवश्यकता पुरा गर्ने जिम्मेवारी लिए पनि सिजनको यसको अभाव कायमै रहेको भन्दै किसानले उत्पादन ह्रास बेहोर्नुपरेको बताए । उनले आफ्नो बारीमा लगाउने मल ल्याउँदा बमबारुद र हतियार ल्याएजसरी किसानलाई अपराधि करार गरिएको प्रति कागतेले गम्भिर आपत्ति व्यक्त गरे । ‘हामीले सदनमा पटक पटक किसानको मल अभावको बारे कुरा उठाइरह्यौँ, तर सुन्वाई भएन,’उनले भने ।

सदनमा उठेका कुरालाई सरकारले गम्भिर रुपमा नलिंदा समस्या निम्तिएको उनको तर्क छ । उनले सदनमा प्रश्नउत्तर मात्र गर्ने नभइ उठेका प्रश्नको सम्बोधन समेत गर्नुुपर्ने धारणा राखे ।