धरान: असार २५ गतेदेखि देशभरिका नदीको बहाव बढ्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौषम विज्ञान विभाग मातहतको बाढी पुर्वानुमान महाशाखाले आज बाढी पुर्वानुमान बुलेटिन प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार आगामी तीन दिन असार २४ गतेसम्म प्रमुख र मझौला नदीहरुमा वहाव बढ्ने र सर्तकता तहको आसपास पुग्नसक्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सर्तकतामा रहन आग्रह गरेको छ ।

महाशाखाले असार २५ गतेदेखि भने देशभरिका नदीको वहाब बढ्ने जनाउदै २६ गतेदेखि २९ गतेसम्म कोशी, कन्काई, कमला, नारायणी र यसको सहायक नदीहरुमा वहावले सर्तकता तह पार गरेर खतरा तहको आसपास पुग्ने र उच्च जोखिमको अवस्था हुने जनाएको छ । साथै, प्रदेश १ र २ को चुरे र तराईबाट बहने प्रायः सबै नदीमा बहावले सकर्तकता तह पार गरी खतरा तह आसपास पुग्ने भएकोले पनि जोखिमको सामाना गर्न पुर्वतयारीलाई प्राथमिकता दिन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी तीन दिनपछि नदी तटीय क्षेत्रको निर्माण कार्य नगर्न पनि अनुरोध गरेको छ ।

Badhi-Suchana