विराटनगर: प्रदेश १ सरकारलाई होमियो चिकित्सकहरुको दर्ता हुने काउन्सिलको व्यवस्था गर्न सुझाव दिईएको छ ।

सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदलले आज मन्त्री जीवन घिमिरे समक्ष अध्ययन प्रतिवेदन बुझाएको हो । कार्यदलले होमियो चिकित्सकहरुलाई दर्ताको लागि काउन्सिल व्यवस्था गर्न सुझाव दिइएको छ । कार्यदलले ामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक शाखा कायम गर्नुपर्ने सुझाव पनि दिएको छ । होमियोप्याथियक चिकित्सा पद्दतीको छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवश्यकता कार्यदलले औल्याएको छ ।

प्रदेश १ मा ८० वटा होमियोप्याथिक सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा होमियोप्याथिक संस्थाहरुबाट प्रदान हुँदै आएको सेवा, पहुँच, श्रोत साधनको अध्ययन गर्ने कार्यविवरण दिईएको थियो । मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहताको संयोजकत्वमा ७ सदस्यीय कार्यदलले मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाएको हो । कार्यदलमा अल नेपाल होमियोप्याथिक एशोसिएसनका अध्यक्ष डा. केपी सुवेदी, नेपाल होमियोप्याथिक चिकित्सक संघ अध्यक्ष डा. रविन्द्र राय लगायत थिए ।