सुनसरी: विदेशबाट आएर इटहरी उपमहानगरस्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका दुवै जनालाई मोरंगको गोठगाउँस्थित पुर्वाञ्चाल विश्वविद्यालयको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेपले जानकारी दिइन् । उनका अनुसार एक जना ५२ बर्ष र अर्को ३८ बर्षका व्यक्ति छन् ।

संक्रमित व्यक्तिमध्ये एक जना साउदी अरबबाट आएका हुन् भने अर्को व्यक्ति कतारबाट आएका हुन् । दुवै विदेशबाट आएपछि क्वारेन्टाइनमा रहेका थिए । योसँगै सुनसरी जिल्लामा कुल कोरोना संक्रमितहरुको संख्या ९६ पुगेको पनि लिंथेपले जानकारी दिइन् ।