विराटनगर: प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् ।

झापा र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४ पुगेको छ ।

प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् । २ महिला र १२ पुरुष डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ९ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय ४१ पुगेको छ ।