धरान: निरन्तर परेको बर्षा पछि आएको बाढीले धरानको सुकुम्बासी वस्तीका २६ सय घर जोखिममा परेको नेपाल बसोबास बस्ती संरक्षण समाजले जनाएको छ ।

समाजका केन्द्रीय महासचिव कुमार कार्कीका अनुसार दुई दिनदेखि निरन्तर जारी बर्षाले धरानका १८ सुकुम्बासी घरमा क्षति पुगेको जानकारी आएको छ । अहिले उनको नेतृत्वमा क्षतिको यथार्थ जानकारी लिन अनुगमन भइरहेको कार्कीले बताए । ‘अहिलेसम्म धरानमा १८ घरमा क्षति पुगेको भन्ने जानकारी आएको छ । यथार्थ के हो भनेर पत्ता लगाउन स्थलगत अनुगमनमा छौं,’महासचिव कार्कीले भने,‘भरैसम्म यथार्थ विवरण आउछ ।’

dharan-khola1

समाजका अनुसार धरानका १८ बस्तीका २६ सय घर जोखिममा छन् । ती मध्ये पनि ११ बस्तीको १ हजार घर उच्च जोखिममा रहेको कार्कीले बताए । ‘ती बस्ती र घरहरु खोलासँगै नै छन् । यस्तै बर्षा निरन्तर २, ३ दिन हुने भने धेरै क्षति पुग्छ,’उनले भने । अझ रातीको समयमा ठुलो धनजनको क्षति हुने खतरा रहेको कार्कीले बताए । कार्कीका अनुसार देशभरमा २३० सुकुम्बासी घरमा क्षति पुगेको जानकारी आएको छ । धरानमा सेउती र सर्दु खोला किनारसँगै अन्य खहरे खोलाहरुको किनारमा थुप्रै सुकुम्बासी बस्ती बसेको छ । बर्षा याममा आउने बाढीले ती बस्तीहरु बर्षेनी जोखिममा पर्छन् ।

तस्बिरहरु:पासांग शेर्पा / कुमार कार्की

dharan-khola dharan-khola2 dharan-khola4 dharan-khola6