आज ७० जना कोरोना संक्रमित थपिए, संक्रमणबाट थप तीनको मृत्यु

  • प्रकाशित: असार २७, २०७७ / 273 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: पछिल्लो २४ घण्टामा नपालमा ७० जना मात्र कोरोना संक्रमित व्यक्ति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७० जना मात्र थपिएका हुन् । हालसम्म संक्रमित पुष्टि भएको संख्या १६ हजार ७ सय १९ पुगेको पनि मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमितहरुको संख्या घट्दो क्रममा रहेको छ ।

तीन जनाको मृत्यु

मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार तीन जनाको उपचारको क्रममा मृत्यु भएको र उनीहरु कोरोना पोजेटिभ रहेको जानकारी दिए । उनका अनुसार काठमाण्डौं वडा १० संखमुलका ६० बर्षका पुरुषको असार २६ गते निधन भएको थियो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारणले उनी असार १६ गते पाटन अस्पताल भर्ना भएका थिए । उनको असार १७ गते नै परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको थियो ।

यस्तै, सिन्धुपाल्चोकका ४५ बर्षीय एक पुरुष क्षयरोगको उपचार गर्न अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा कोरोना परीक्षण गर्दा असार २२ गते संक्रमण पुष्टि भएका ती व्यक्तिको असार २५ गते निधन भएको गौतमले जानकारी दिए । यस्तै, काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिकाका ५४ बर्षीय एक पुरुषको पनि निधन भएको छ । मृगौला रोगको विरामी उनी पनि कोरोना संक्रमित थिए ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित