धरान: धरानको वडा नं १८ स्थित बुद्धचोकमा किरात जातिको महत्वपुर्ण साँस्कृतिक सामाग्री वाबु(चिण्डो)को प्रतिमा अनावरण गरिएको छ ।

आज बिहान एक कार्यक्रमबीच प्रमुख अतिथि एवं भाषाविद् प्रा.डा.टंक न्यौपाने रिबन काटेर प्रतिमाको अनावरण गरेका हुन् । अनावरण गर्नुअघि नाक्छोङ(धामी)ले मुन्धुम गरेका थिए । उनलाई किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव शुभचन्द्र राईले किराती परम्पराअनुसार फेटा गुथेर सम्मान गरेका थिए ।  स्थानीय दाता र वडा कार्यालयको बजेटबाट कलात्मक फाइवरबो प्रतिमा निर्माण गरिएको हो । पाँच फिट ४ इञ्चको बेसमाथि ९ फिट अग्लो वाबु(चिण्डो)को प्रतिमा राखिएको छ । यो चिण्डो कलाकार महेन्द्र राईले तयार गरेका हुन् । प्रतिमाको बेसमा पनि सँस्कृतिक झल्काउने रिलिफ आर्ट छ । एउटामा यलम्बर, एउटामा सुम्निमा पारुहाङ, एउटामा साकेला नाच, एउटामा च्याब्रुङ नाच, एउटामा ढोल झ्याम्टा, सिलिमा पोमीलगायत खोपिएको छ ।

IMG_1693.psd

प्रमुख अतिथि डा.न्यौपानेले प्राचीन सँस्कृतिको संरक्षण गरिएको र सँस्मरण गराएको धारणा राखे । उनले बहुसाँस्कृतिकपनमा मात्र राष्ट्रियता देखिने बताए । डा. न्यौपानेले भने,‘संघीय गणतन्त्रमा नेपाल प्रवेश गरेपछि देखिएको साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणकोरुपमा अनावरण भएको चिण्डोलाई लिन सकिन्छ ।’ मेयर तिलक राईले पनि साँस्कृतिक अतिक्रमणकोरुपमा नलिन आग्रह गर्दै बुद्ध चोक विस्तार र मुर्ति बनाउने क्रममा विगतमा स्वर्गीय धर्मध्वज राईले मुद्दा हालेको जानकारी दिए । ‘बुद्ध धर्मावलम्बीहरुले पनि चोक चोकमा बुद्धको मुर्ति राख्न हुदैन, असुद्ध हुन्छ, फोहोर मैला हुन्छ भन्ने सुझाव दिएपछि पछाडि फर्किएको हो । मुद्दा पनि परेको हो,’उनले भने,‘बुद्धको मुर्ति हटाएर वाबु राखिएको होइन । सबैको सँस्कार, सँस्कृतिलाई उतिकै मान सम्मान गर्नुपर्छ ।'

IMG_1676.psd

प्रतिमा निर्माण समितिका अध्यक्ष बृष चाम्लिङ राईका अनुसार चोकमा वाबु(चिण्डो) निर्माण स्थापना गर्नेबारे २०७० सालदेति नै स्थानीयबासीहरुमा छलफल भएको बताए । वाबु निर्माणको लागि दाता स्वर्गीय नरप्रसाद राईको परिवारबाट पनि सहयोग भएको उनले बताए । यसअघि चोकमा बुद्ध चोक निर्माण तथा बुद्ध प्रतिमा अनावरण उपभोक्ता समिति गठन गरिएको जानकारी दिदै त्यसबेला स्थानीय धर्मध्वज राईले निषेधज्ञा मुद्दा लगाएको बताए । साथै, केही अग्रजहरुले चोकमा बुद्धको मुर्ति राख्न नहुने सुझाव दिएको उनले बताए । ‘चोक चोकमा बुद्ध मुर्ति राख्न हुदैन, फोहोर मैला हुन्छ, सुद्ध हुदैन भन्ने सल्लाह दिनुभयो,’उनले भने । तस्बिरहरु: विकास चाम्लिङ राई

IMG_1678.psd IMG_1695.psd IMG_1680.psd IMG_1699.psd IMG_1692.psd IMG_1687.psd