धरान: आज सुनसरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
पुष्टि भएका मध्ये २ जना इटहरीका हुन् भने २ जना कोशी गाउँपालिकाका हुन् । जिल्ला स्वास्थ्य कार्यालयकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेपका अनुसार संक्रमित चारै जना पुरुष हुन् । उनीहरु विदेशबाट आएदेखि नै क्वारेन्टाइनमा रहेको पनि लिंथेपले जानकारी दिइन् । ‘उहाँहरु चारै जनालाई गोठगाउँस्थित आइसोलेसनमा पठाइसकिएको छ,’उनले भनिन् ।
योसँगै सुनसरीमा संक्रमितको संख्या १०७ जना पुगेको पनि फोकल पर्सन लिंथेपले बताइन् । उनका अनुसार कुल संक्रमितमध्ये ८९ जना निको भएर डिस्चार्ज पनि भइसकेका छन् ।