धरान: नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा धरानका व्यवसायी अशोक ताम्राकारले उम्मेदवारी दिने भएका छन् ।

उनलाई सुनसरी उद्योग वाणिज्य संघले जिल्ला र नगर उद्योग वाणिज्य संघकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो । सुनसरी उवा संघका पुर्वअध्यक्ष रहेका ताम्राकार धरान २०३४ सालदेखि व्यापार, व्यवसायमा छन् । उनी संघको साधारण सदस्य, कार्यकारिणी सदस्य, प्रथम उपाध्यक्ष हुदै २०६४ देखि ०६६ सालसम्म एक कार्यकाल अध्यक्ष भएका थिए ।

सुनसरीबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरिएका ताम्राकारलाई जिताउन निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । सुनसरी उवासंघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ संयोजक रहेको समितिले प्रचारप्रसार र लविङ गरिरहेको छ । ‘हामी अहिले उहाँकोलागि प्रचारप्रसार र लविङ गरिरहेका छौ,’श्रेष्ठले भने ।

महासंघको ५४ औं बार्षिक साधारणसभा यही साउन २६ र २७ गते काठमाण्डौंमा हुदैछ । उक्त साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्ष र कार्यसमिति सदस्यहरको चयन गर्छ । महासंघमा वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति स्वतः अध्यक्ष हुने प्रावधान छ । जसअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षमा किसोर प्रधान र चन्द्रप्रसाद ढकालबीच चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।

110076015_643245129963619_4309075110360895341_o