धरान : धरान १३ स्थित स्वस्तिकामार्ग कालोपत्रे सडकको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीद्वारा उद्घाटन भएको छ ।
आर्थिक बर्ष २०७६/७७को वडागत बजेटबाट ६० प्रतिशत (३० लाख) र जनसभागिताको ४० प्रतिशत(१९ लाख ६६ हजार ९३३) लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन भएको हो । सभामुख भण्डारीले सडक बनाए पछि त्यसको सरक्षण पनि उपभोक्ताहरु आफैले गर्नुपर्ने बताए । उनले आफुले सक्ने र आफ्नो तर्फबाट गर्न सकिने सबै किसिमको सहयोग रहने पनि बताएका थिए । स्थानीय तह ,प्रदेश र संघ मिलेर नै समग्र धरान र यसको बिकासको लागि जनतासङ्ग हातेमालो गर्दै अघि बढ्नुपर्ने सभामुख भण्डारीको भनाई थियो ।
धरान १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेले आर्थिक बर्ष २०७६/७७ मा वडाको सबैभन्दा ठूलो योजना सोही सडक निर्माण भएको बताए । आफुहरुले पनि वडाको गौरवको योजनाकोरुपमा लिएको खुलाउदै उनले यो बर्षमा सँगै रहेको उदय मार्ग र गौरामार्ग, पुरानो जनता पुस्तकालयसमेत निर्माणका लागि लागिपरेको अध्यक्ष काफ्लेले बताए ।धरान उपमहानगरका वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले अस्फल्ट प्रबिधिबाट प्राबिधिककै रोहवरमा उपभोक्त समितिले धरानमा निर्माण गरेको यो पहिलो योजना भएको बताए । उनले पनि सडकको सुरक्षा समेत उपभोक्त नै सजक भएर गर्नुपर्नेमा जोडदिए ।
कार्यक्रममा बाटो निर्माण कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका नरेश मगरलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो । स्वतिका मार्ग ढल तथा सडक निर्माण उपभोक्त समितिका अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा योजना अधिकृत किरण भुजेल, पब्लिक माविका प्रअ पुरुषोत्तम निरौला, वडा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।