धरानः उदयपुरकाे बेलका नगपालिकाकी उप मेयर राजकुमारी चाैधरीले नगरमा आर्थिक अनियमितता भएकाे भन्दै सामाजिक सँजालमा राजिनामा दिने हल्ला व्यापाक बनाएपछि त्यहाँका राजनीतिक दलहरूले छानविनकाे माग राखेका छन् ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा नेपाल र नेपाल कम्यूनिष्ट पार्टीले उपप्रमुखकाे विषयमा मिडियामा आएका कुराकाे सत्यतथ्य छानविनका लागि माग राखेका छन् । ४ राजनीतिक दलले सँयुक्त रूपमा विज्ञप्ती निकालेका छन्  । उनिहरूले नगर उपप्रमुख जस्ताे जिम्मेवार मान्छेले नगरमा व्यथिति बढ्याे भन्दै सार्वजनिक अभिव्यक्ती दिनु र जनतासँग माफी माग्दै पद पाटीलाइ हस्ताण्तरण गर्न चाहन्छु भन्ने कुरामा गम्भिर ध्यानाकर्षण भएकाे विज्ञप्तिमा उल्लेख छ ।

उनिहरूले यदि नगरमा भएकाे व्यथितिकाे सार्वजनिक नगरे र दाेषिलाइ कारवाहीकाे दायरामा ल्याउने पहल नगरे नगरका क्रियाशिल दलहरूले नगरकाे कर्तुत आफै बाहिर ल्याउने सम्मकाे चेतावनी उक्त पत्रमा दिइएकाे छ ।