धरान: धरान–३, चिनिया चोकस्थित पालिका बजारमा आज बिहानै आगलागी भएको छ ।

आगलागीमा परेर ११ वटा पसल जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार एक पसलमा विद्युत सट भएपछि आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परेर ५२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

पालिका बजारमा कस्मेटिक र तरकारी पसलमा आगलागी भएको हो । आगलागीमा परेर वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई, यामकुमार विक, कल्पना तामाङ, रमा चौहान, अनिता आचार्जुको टिनको छानो भएको पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।