सप्तरी: प्रहरीले सप्तरीको राजविराज नगरपालिका ६ स्थित न्यु सगरमाथा एग्रोभेट सेन्टरबाट अवैध खाद्य मल पक्राउ गरेको छ ।

स्थानीय सुर्य नारायण यादवको घरमा रहेको सेन्टरमा श्रोत नखुलेको अवैध भारतीय युरिया मल राखेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेर वरामद गरेको हो । यादवको घरमा रहेको पसलभित्र अवैधरुपमा भण्डार गरिएको मल र पसल अगाडी रहेको स १ ज ४६४ नम्वरको गाडीमा पनि मल फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका अनुसार गाडी चालक सप्तरी वडा नं १५ का ४० बर्षीय महेन्द्र प्रसाद यादव पक्राउ परेका छन् भने गोदामबाट ३४ बोरा र गाडीमा लोड गरि राखेको ४० बोरा युरिया मल (खाद्य) गरी कुल ७४ बोरा युरीया मल वरामद भएके छ । यसको मुल्य करिब ५१ हजार ८ सय पर्ने बताइएको छ । प्रहरीले अवैध युरिया मल र चालकसहित गाडी नियन्त्रणमा लिएर राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।