विराटनगर: प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला संक्रमित पुष्टि भएको छ भने झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष संक्रमण भएको पुष्टि भएको छ । यस्तै, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।
प्रदेश १ मा आज ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । प्रदेश १ मा आजसम्म ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको पनि उनले जानकारी दिए ।