धरानका मेयर-उपमेयरद्वारा बकर ईदको शुभकामना

  • प्रकाशित: श्रावण १७, २०७७ / 198 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: मुस्लिम समुदायको पर्व ईद उल अजहा(बकर ईद)को अवसरमा धरानका मेयर र उपमेयरले पनि शुभकामना व्यक्त गरेका छन् ।

मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले आज(शनिबार) छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै ईस्लाम धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरेका हुन् । दुवैले धरानलगायत देश विदेशमा रहने इस्लाम धर्मावलम्बीहरुलाई ईदको अवसरमा आफ्नै साँस्कृतिक रीतिरिवाज र रहनसहन संरक्षण गर्न थप प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

साथै, धरानको विकास र सम्वृद्धिको लागि आपसी सहयोग, सकरात्मक भाव, सहिष्णुता र थप उर्जा यो पर्वले भित्र्याओस् भन्ने पनि सहभाव व्यक्त गर्दै कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राखी आ आफ्नो परिवारबीच शान्त वातावरणमा मनाउन पनि आग्रह गरेका छन् ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित