विराटनगर: श्रम कार्यालय विराटनगरका वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ ।

सञ्जेललाई श्रम कार्यालयकै कार्यालय सहयोगी २ महिलाले कुटपिट गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए । ‘मलाई हातपात भयो भनेर भन्नु भएपछि प्रहरी पठायौं, बाहिरका मान्छेले होइन रहेछ, कार्यालयकै २ जना महिला कर्मचारीले रहेछ,’एसपी खड्काले भने,‘मैले काम अह्राउदा हातपात भयो भन्नुहुन्छ, महिलाको पनि कुरा सुन्दैछौं ।’

घटना पछि अहिले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा छलफलको लागि बोलाइएको पनि एसपी खड्काले बताए । सञ्जेलको ओठभित्र चोट लागेर सामान्य रगत बगेको छ भने अन्य ठुलो चोटपटक नदेखिएको पनि एसपी खड्काले जानकारी दिए ।