धरान: धरानको वडा नं ४ स्थित शिवजट्टा जाने बाटोमा पहिरो खसेको छ ।

शिवजट्टा मन्दिर र झरना जाने बाटोमा माथिबाट पहिरो खसेको हो । करिब पाँच दिनअघि गएको पहिरोले सेउती खोला नजिक कालीमाटीमा बाटो अवरुद्ध छ । शिवजट्टा झरना वा मन्दिर पुग्ने बाटोमा पहिरो खसेकोले अफ्ठयारो भइरहेको स्थानीय राजु राईले बताए । उनले भने, ‘पारी कालिमाटी गाउँ, शिवजट्टा मन्दिरतिर पुग्न गाह्रो छ । बर्षा भइरहेकोले झन् पहिरोको खतरा भयो ।’

वडा नं ४ का सदस्य धनबहादुर कुलुङका अुनसार डाँडाबाट पहिरो झरेर बाटो नै पनि बगाएको छ । पहिरो पन्छाएर बाटो तयार गर्नको लागि बर्षाले अवरोध भइरहेको बताए । वडाका प्राविधिक गएर स्टिमेट गरिसकेको पनि उनले बताए । ‘पानी परेको परेकै छ, एक छिन सफा गर्यो, माथिबाट झरिहाल्छ,’उनले भने,‘प्राविधिक गएर स्टिमेट भइसकेको छ, नगरपालिकामा पनि भनिसकेका छौं । बर्षा रोकिए पछि मात्र क्लियर गर्नसकिन्छ ।’