विराटनगरः शनिवार देखि विराटनगरमा जारी लकडाउन नागरिकले उल्लङघन गरेका छन् ।

कोरोना सँक्रमण समुुदाय तहमा पुगिसकेको निस्कर्षसहित दोस्रो पटक लकडाउन गरेको विराटनगर महानगरपालिकाले जनता अटेरी बनेको गुनासो गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नागरिकमा समान्य स्वास्थ्य सचेतना समेत नपाइएको बताए । उनका अनुसार महानगरले विभिन्न टीम बनाएर प्रचार प्रसारका कामलाई तीव्रता दिएको छ । त्यस्तै मुुख्य बजार क्षेत्रका पसल खोल्न पुुर्णरुपमा निषेध गरेको छ भने मानिसलाई हुलहुज्जतसहित हिँडडुल गर्न प्रतिबन्ध गरेको छ । तर, नागरिकले भने खुलमखुल्ला हिँडडुल गरिरहेका देखिन्छ भने मास्क समेत नलगाएको पाइएको छ ।

यसरी सरकार पक्षले महामारी नियन्त्रणका लागि गम्भिर बनिरहँदा नागरिक भने हल्का रुपमा प्रस्तुत हुँदा सँक्रमण झन फैलिने खतरा हुन्छ । मेयर पराजलीले नागरिकले सरकाको नरम आग्रह नमानेको भन्दै विराटनगरलाई बचाउन जुनसुकै बेला कठोर कदमसमेत चाल्न पछि नहट्ने जानकारी दिए । ‘भोली यहाँ भयावह स्थित नअउन दिन हामी गम्भिर छौँ ।’ उनले भने ‘आज हाम्रो कुरा नमान्नै नागरिकलाई उनीहरुकै लागि लकडाउन गरेको हो भन्नै बुुझाउन सकिएन भने हामी प्रशासनको सहयोगमा निषेधामा समेत जान सक्छौँ ।’

विराटनगरका मुख्य बजार क्षेत्रमा अधिकाँश सटर बन्द छन् । तर, सटरबाहिर फलफूल र कस्मेटिकका ठेला सँचालनमा रहेका छन् । जहाँ किनमेलका लागि मानिसहरुको भिड देखिन्छ । सामान्य स्वास्थ्य सतर्कता समेत नराखी बजारमा खुलमखुल्ला हिंड्ने मानिसलाई रोक्न नसकिरहेको बेला नागरिक आँफै सतर्कता हुनुपर्ने देखिन्छ ।

vlcsnap-2020-08-02-18h38m38s141

यस अघि सीमापार र तेस्रो देशका नागरिकबाट जोखिम रहेको निस्कर्ष निकालेको नगरले अब आफ्नै नगरका नागरिकबाट असुरक्षित भएको निचोडमा पुुगेको छ ।

‘अझैपनि मास्क लगाउ, सेनिटाइजर लगाउ, सामाजिक दुरी कायम गर, यि प्रोटोकल पुरा गर भन्नुुपरेको छ ।’ नगर प्रमुख पराजुली भन्छन् ‘हामी आँफैबाट जागरणको  सुरुवात गर्नुुपर्छ । आनिमात्रै हामी जोगिन्छौँ, अरुलाईजोगाउँछौं र समुुदायबाट जोगिन सक्छौँ ।’

vlcsnap-2020-08-02-16h32m15s153
विराटनगर महानगर कार्यपालिकाको बैठक बसेर सँक्रमण न्यूनिकरणका लागि साउन १२ गते देखि अनिश्चितकालका लागि अत्यावश्यक बाहेकका नगरकासेवा बन्द गर्ने निर्णय गरेको थियो । त्यसको ठिक ४ दिनपछि विराटनगर महानगरपालिकाले  १४ दिनका लागि लकडाउन गर्ने घोषणा गरेको हो ।

आइवार साँझसम्मको तथ्याँकअनुसार विराटनगरमा २ हजार ८ सय १२ जनाको पिसिआर परिक्षण गर्दा १ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । तर, जोखिमुुर्ण कुरा त के छ भने सँक्रमितमध्ये ५६जनाको कुुनै ट्राभल हिस्टी छैन । अर्थात, कहाँबाट सर्यो भन्ने एकिन छैन । ति सँक्रमित विराटनगर बाहिर नगएको देखिएको महानगरपालिकाका स्वास्थ्यशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
कार्कीले विराटनगरका ३ स्वास्थ्य सँस्थामा कोरोना सँक्रमण भएको पुष्टि भएको छ । जसमध्ये विराटनगर अस्पताल साउन १६ गते शिल गरिएको छ भने कोशी अस्पताल र न्यूरो अस्पतालका एक÷एक विभाग शिल गरिसकिएको छ । यसैगरि विराटनगरका विभिन्न स्वास्थ्य सँस्थामा कार्यरत १३ स्वास्थ्यकर्मी कोरोना सँक्रमणमा परेका छन् ।

vlcsnap-2020-08-02-18h38m29s660