भोजपुर: भोजपुरको आमचौक गाउँपालिका ३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

आईतवार बेलुका सवा ७ बजे बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश १ ०२(००३ त ५८८ नम्बरको ट्याक्टर हनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाईते आमचोक गाउँपालिका ३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने ३ जनालाई थप उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको उक्त कार्यालयले जनाएको छ ।