विराटनगरः प्रदेश १ क विभिन्न पालिकामा समुुदाय तहमा पुुगेको कोरोना संक्रमण नियन्त्रणका लागि परिक्षणको दर बढाइएको छ । योसँगै संक्रमित थपिन थालेका छन् ।

विहिवारमात्र प्रदेश १ को मोरङ, सनुसरी, झापा र इलाममा ६६ सँक्रमित भेटिएका छन् । यि ४ जिल्ला भारतसँग जोडिएका नाका हुन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताका अनुसार प्रदेश १ मा आजमात्र विभिन्न स्थानमा संकलन गरेर ल्याइएका १ हजार ५४ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । पालिका तहमा कोरोना समुुदायमा पुुगेको निस्कर्षसहित पिसिआर परिक्षणका लागि स्वाव संकलन तीव्र पारिएको छ ।

धरान, इटहरी, विराटनगर, झापाका पालिका र इलाममा नमुुना सँकलनलाई तीव्रता पारिएको छ । प्रदेश १ मा हाल ११ सय नमुुनाको दैनीक परिक्षण गर्न सक्ने ल्याबको क्षमता रहेको छ । धरानको विपी प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र प्रदेश प्रयोगशाला, झापाको मेची अस्पतालबाट कोभिड १९ को परिक्षण भइरहेको छ । यसको क्षमतालाई बढाएर १५ सय पुुर्याउने मन्त्रालयको लक्ष्य रहेको बताइएको छ ।

एकै दिनमा ६६ सँक्रमित

बिहिवार मोरङमा भेटिएका बेलवारीका २ र रंगेलीका १ हुने भने बाँकि सबै विराटनगरका हुन् । त्यस्तै सुनसरीका १९ मध्ये धरानका १४  र इटहरीका ५ सँक्रमिट भेटिएका हुन् । इलाममा भने इलाम नगरपालिका क्षेत्र भित्रका १५ जनामा कोरोना संक्रमण फेला परेको छ । यता झापाको मेचीनगरमा ८ जना सँक्रमित थपिएका छन् ।

१८ सँक्रमित डिस्चार्ज
प्रदेश १ मा आज मात्रै १८ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरंगका ६, मोरंग, धनकुटा, सुनसरी र पाँचथरका १÷१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको डाक्टर मेहेताले जानकारी दिएका छन् ।