धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना पोजेटिभ देखिए पछि कन्ट्याक्ट् ट्रेसिङको आधारमा मन्त्री कार्की होम क्वारेन्टिनमा रहेका थिए भने उनको हिजो स्वाब संकलन गरिएको थियो । मन्त्री कार्कीसँगै सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, सचिवालय र मन्त्रालयका कर्मचारीहरुको पनि पिसिआर परीक्षणको लागि स्वाबको नमुना संकलन गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीका प्रमुख स्वकीय सचिव कमल पौडेले जानकारी दिएका छन् ।

मन्त्री कार्की आफ्नै निवासमा क्वारेन्टिनमा रहेको उनको स्वास्थ्य पनि सामान्य रहेको सचिवालयले जनाएको छ । प्रदेश प्रहरी ऐनको बिषयमा राजधानीमा प्रधानमन्त्रीको बिशेष उपस्थितिमा भएको बैठकमा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु सहभागी भएका थिए । उक्त बैठकमा सहभागी प्रदेश नं २ का मन्त्रीलाई कोरोना पुष्टि भएपनि कन्ट्याक ट्रेसको आधारमा मन्त्री कार्कीको पनि पिसिआर जाँच गरिएको हो ।