इटहरी: कोरोना संक्रमितहरुलाई राख्नको लागि अस्पतालहरुमा बेड अभाव हुन थालेपछि इटहरीमा ६ जनालाई होम आइसोलेसनमा नै राखिएको छ ।

घरमा रहेका संक्रमितहरुलाई भिडियो कलमार्फत अवस्था बुझेर आवश्यक परामर्श दिन थालिएको इटहरी अस्पतालले जनाएको छ । होम आइसोलेशनमा रहेका लक्षण नभएका संक्रमितहरुलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्यमा समस्या देखिए कोभिड अस्पतालमा रेफर गरिने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले बताए । उनका अनुसार संक्रमितहरुलाई मोवाइल न. ९८५२०७३२४८ वाट्स अप वा भाइवर कल मार्फत समेत परामर्श दिने काम भइरहेको छ ।

vidio-call-ma-paramarsa-Did

मेडिकल सुपरीटेण्डेन्ट डा.मनिषकुमार शर्माका अनुसार अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा संक्रमितहरुलाई घरमा नै राखिएको छ । उनीहरुको अवस्था बुझेर स्वास्थ्य परामर्श सेवा दिइरहेको पनि डा शर्माले बताए । संक्रमितहरुलाई होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानी र ध्यान दिनुपर्ने कुराहरु राम्रोसँग बताइएको छ ।

इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएकाहरुलाई आवश्यक मापदण्ड पुरा गरेर घरमा बस्न मिल्ने ब्यवस्था गरिएको हो । इटहरीमा हालसम्म कोरोना संक्रमितको संख्या २८ जना पुगेको छ । ती मध्ये १४ निको भएर घर फर्किएका छन् भने ८ जना आइसोलेसनमा पठाइएको छ ।