विराटनगर: प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा धेरै मोरङमा छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा मात्र ६४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङकै रंगेलीमा २३ पुरुष र ६ महिला, बुढीगंगामा २ पुरुष र कटहरीमा १ जना महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरि, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ भने सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ । आज प्रदेश १ मा १ हजार ६ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५४ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।