विराटनगरः विराटनगरका ३ पत्रकारमा कोरोना संक्रमित भएपछि सुरक्षित रुपमा घरमै बसेका छन् ।
उनीहरुको इच्छाबमोजिम नै होम क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमित हुने पत्रकारमा सन्जिव खनाल, कमल रिमाल र अर्का एक पुरुष नै हुन् । खनाल र रिमाल एउटै कार्यालयमा काम गर्दा कार्यालय सहयोगीलाई सामान्य रुघाखोकीको लक्षण देखिएपछि गत विहिवार उनीसहित दुुई पत्रकारको पिसिआर परिक्षणका लागि स्वाव लिइएको थियो । शुक्रवार आएको नतिजाअनुसार ति कार्यालय सहयोगीसहित खनाल र रिमालमा कोरोना सँक्रमण पुष्टि भएको थियो ।
संक्रमित भएकाहरुमा अहिले कुनै लक्षण छैन भने उनीहरु घरमै सेल्फ क्वारेन्टाइनमा छन् । संक्रमित खनालले आफुुमा कुुनै समस्या नभएको भन्दै घरमा सुरक्षित रहेको बताए । उनका परिवारमा अरु सदस्यमा समेत कुनै समस्या छैन । रिमाललाई भने बिहिवारसम्म सामान्य ज्वरो आएको थियो । अहिले उनको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । उनीसमेत घरमै सेल्फ क्वारेन्टाइनमा छन् ।
अर्का ४७ वर्षीय पत्रकारको स्वास्थ्यसमेत सामान्य रहेको पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धुु पोख्रेलले जानकारी दिए । शुक्रवार एकैदिन विराटनगरमा मात्र ५५ सँक्रमित भेटीएका छन् । हालसम्म विराटनगरमा २ सय ४५ संक्रमित भेटिएकोमा ४३ जना कोरोनामुक्त भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कील जानकारी दिएका छन् । प्रदेश १ मा शुक्रवार एकैदिन ८९ संक्रमित थपिएका थिए । यो हालसम्मकै उच्च सँख्या हो ।







