विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित थपिदैगएपछि उपचार गर्ने आइसोलेटेड वेड अभाव हुन थालेको छ ।
सरकारले यस अघि तयारी गरेका वेड संख्या भरिएपनि नयाँ कहिले थपिने हो टुुँगो छैन । शनिवार मात्र प्रदेश १ मा ६७ सँक्रमित थपिएका छन् । लक्षणसहितका सँक्रमण बढ्नथालेपछि स्वास्थ्य चुुनौती थपिएको चिकित्सकले बताएका छन् ।
कति छन् आइसोलेटेड वेड ?
हालसम्म प्रदेशभरी २ सय ६० भन्दा बढि वेड छैनन् । प्रदेश १ को छुट्टै कोशी कोभिड अस्पतालको वेड क्षमता ६० रहेको छ । त्यस्तै धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय वेड, मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको परिसरमा १ सय २५ वेड, कोशी अस्पताल परिसर भित्र १० वेड क्षमताको आइसोलेटेड सेन्टर र झापामो मेची अस्पतालमा २५ वेडको आइसोलेसन सेन्टर रहेको छ ।
अस्पताल नपुुगेका संक्रमित कति छन् ?
प्रदेश १ मा ४ महिनाको अवधिमा संक्रमितको सँख्या १ हजार नाघेको छ । बैशाख ५ गते उदयपुरको भुल्केमा १२ भारतीय नागरिकलाई सँक्रमण देखिएको थियो भने शनिवारसम्मको विवरणअनुसार प्रदेश १ मा सँक्रमितको सँख्या १ हजार ३ सय ८३ पुुगेको छ । यो ४ महिना बीचको तथ्याँक हो ।
जसमध्ये ९ सय ८ जनाले कोरोना जीतेर घरफर्किसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । संक्रमित ४ सय ७५ मध्ये २ सय ९१ जना आइसोलेसनमा रहेका छन् भने १ सय ७९ जना अझै प्रक्रियामा रहेको तथ्याँकले देखाउँछ । ५ संक्रमितको भने ज्यान गइसकेको छ । यसरी अझै १ सय बढि व्यक्ति प्रक्रियामै रहनुुले आइसोलेसन सेन्टरको अभाव प्रष्टै देखिन्छ ।
बिहिवार नै संक्रमित पुष्टि भइसकेका व्यक्तिलाई अभैmसम्म अस्पताल पुुर्याइएको छैन । पछिल्लो समय मोरङमा संक्रमितको सँख्या ठुलो देखिएको छ । तर, विराटनगर महानगरपालिकाले आइसोलेटेड अस्पतालमा थप संक्रमित राख्ने ठाउँ नभएको हुँदा नगरका संक्रमितलाई अस्पतालसम्म पुुर्याउन नसकिएको बताएको छ ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगरमा शुक्रवार मात्र ३८ संक्रमित घरमै छन् । शनिवार थप ३३ संक्रमित विराटनगरबाटै थपिएका छन् । तिनीहरुलाई समेत अस्पताल पुुर्याउन पाइएको छैन । विराटनगरमा अहिलेसम्म १० जना संक्रमितले भने होम स्वारेन्टाइनमा बस्ने अनुुमती मागेका छन् । उनीहरुलाई नगरको स्वास्थ्यकर्मीको टीमले नियमित परामर्श दिइरहेको र परिक्षण भइरहेको कार्कीले जानकारी दिए । तर बाँकि अन्य ठाउँको सँक्रमितको अवस्थ के छ टुँगो छैन ।
के गर्दैछन् सम्बन्धित निकाय ?
कोशी कोभिड अस्पतालको व्यवस्थापन हेर्ने जिम्मेवारी पाएका ज्ञानबहादुर बस्नेतले तत्काल आइसोलेसन केन्द्र थप्नुपर्ने अवस्था सृजना भएको बताएका छन् । ‘ जुन रेसियोमा पोजेटीम केश बढ्दै आइरहेको छ त्यसले आइसोलेसन उपचार केन्द्रको चाप धान्न सकेन,’ बस्नेतले भने ‘अब अन्य ठाउँमा पनि आइसोलेसन सेन्टर बनाउँदै जानुुपर्छ भन्ने बारेमा सोच्नुपर्छ ।’
प्रदेश १ सरकारले पछिल्लो २ हप्तामा देखिएको बदलिँदो परिस्थिति बारे कुुनै ठोस निर्णय गरेको छैन । मुख्यमन्त्री काठमाण्डौ लामो बसाइ पश्चात शनिवार मात्र विराटनगर फर्किएका छन् । उनले आइतवार देखि कोभिडसँग सम्बन्धित केहि महत्वपुर्ण निर्णय गर्ने तयारीमा रहेको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले धरानको विपी र विराटनगरको कोशी कोभिड उपचार केन्द्रको क्षमता बढाउने काम तीव्र रुपमा भइरहेको जानकारी दिए । उनले केहि दिन भित्रै प्रदेश भित्र ५ सय वेड क्षमताको आइसोलेसन सेन्टर बनाउने बताए । उनले प्रदेशमा कोरोना जाँचको दरलाई बढाइएको भन्दै दैनीक १ हजार ५ सय बढिको पिसिआर परिक्षण हुन थालेको जानकारी दिए । मन्त्रालयको विवरणअनुसार शनिवारसम्ममा प्रदेशभरीका ५० हजार ६ सय ६६ व्यक्तिको पिसिआर परिक्षण भइसकेको छ ।