काठमाण्डौं: भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तरजिल्ला यातायात तथा हवाई सेवा तत्काल नखुल्ने भएको छ ।

कोरोना संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि लामो दुरीको यातायात र हवाई उडान तत्काल नखुल्ने भएको हो । आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर(सिसिएमसि)को बैठकले अन्तर जिल्ला यातायात र हवाई उडान थप १५ दिन पर सार्न सरकारलाई सिफारिश गरेको छ । सरकारले गत चैत ११ गतेदेखिको लकडाउन अन्त्यको घोषणा गर्दै साउन ५ गते यसअघि भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात र बाह्य तथा आन्तरिक उडान शुरु गर्ने घोषणा गरेको थियो ।

सिसिएमसिको सिफारले यातायत, हवाई उठानसँगै विद्यालय भर्ना लगायतका गतिविधि पनि प्रभावित हुने भएको छ । सीसीएमसीको बैठकले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ । यस्तै, सिमा नाकाहरुमा पनि थप कडाई गर्न सिफारि गरेको छ । यो सिफारिसबारे निर्णय भने सोमबारको मन्त्रिपरिषद् बैठकले गर्ने बताइएको छ ।