धरान: तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण दल र नेविसंघले उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो ।

उनीहरुले तालाबन्दी गर्नुका साथै उपकुलपति कार्यालयमा नाराबाजीसमेत गरेका थिए । तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले कोभिड अस्पताल शुरुवात गर्न चासो नदिएको र कोरोना महामारीको बेला उपचार, रोकथाममा ध्यान दिनुपर्नेमा पदाधिकारी लिएर उपकुलति काठमाण्डौं गएकोले तालाबन्दी गरिएको बताए ।

भिडियो:

उनले धरानका १० जना संक्रमितहरु आइसोलेसन बेडको अभावले घरमा नै बस्नु परेको तर प्रतिष्ठानका उपकुलपति भने आफ्नो स्वार्थपुर्तिको लागि सिनेट बैठक बस्न काठमाण्डौं गएको बताए । कोभिड अस्पताल तत्काल सञ्चालन गर्न र अघिल्लो सिनेट बैठकमा धरानबासीकोतर्फबाट सिनेट सदस्य तथा मेयरले राखेको मागहरु पनि पुरा गर्नुपर्ने माग गरिएको बताए । उनले उपकुलपति आएर छलफल गरेर निकास नभएसम्म ताला नखोलिने पनि बताए ।

vc-gyapan

vc-tala1 vc-tala2