धरान: लकडाउनको समयावधि आज मध्यराती सकिन लागेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक अहिले बस्न लागेको छ ।

यो बैठकले लकडाउन थप गर्ने बारे निर्णय गर्नेछ । बिहान ८ बजे बैठक तोकिए पनि पौने ९ बजेसम्म बसेको छैन । धरानमा पनि निरन्तर कोरोना संक्रमितहरुको संख्या बृद्धि भइरहेकोले लकडाउन खुकुलो हुने सम्भावना छैन । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिसकेको हुनाले नि उपमहानगरपालिकालाई लकडाउन बढाउन थप मद्दत पुगेको छ ।

धरानले साउन २२ गतेदेखि दोस्रो पटकको लकडाउन गरेको थियो । यसपालीको लकडाउनमा स्वास्थ्य संस्था र औषधी पसलबाहेक कुनै पनि अन्य पसल, व्यवसाय खोल्न दिइएको छैन भने दुध, तरकारी पनि आयत गर्न, पसल खोलेर बिक्री गर्न दिइएको छैन । यद्यपी, दुध र तरकारीलाई छुट दिनुपर्ने माग पनि भइरहेको छ । तर, एक वडाअध्यक्ष भने दुध र तरकारी धरान बाहिरबाट आउने आउने भएकोले संक्रमणको जोखिम भएकोले खुला गर्ने सम्भावना न्युन छ ।