विराटनगरः प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमित बस्ने होटल आइसोलेसन संचालनमा ल्याइएको छ ।

विराटनगरको एसियाटिक होटलले प्रदेश र स्थानीय सरकारको सहयोगमा आइसोलेसन शुरु गरेको छ । यसअघि प्रदेश १ सरकारले होटल आइसोलसनलाई अनुुमती दिएको थियो । अनुुमती पश्चात प्रदेश सरकारसँग सरकारको मापदण्ड अनुसार होटल आइसोलेसन सँचालन गर्ने सँचालकको प्रतिबद्धता अनुसार सरकारले अनुुमती प्रदान गरेको छ । ‘सरकारी निर्णयअनुसार नै मैले होटेललाई आइसोलेसन बनाउनेसोच बनाएको थिएँ ।’ सँचालक पुुण्य भट्टराईले भने ‘यो बेला नाफा भन्दा सेवा गर्नु उत्तम ठानेर पुरै होटललाई नै आइसोलेन बनाउने निस्कर्षमा पुुगेको हुँ ।’

भदौ ३ गते देखि शुरु भएको होटल आइसोलेसनमा आज पहिलो पटक भर्ना भएका झापा कचनकवलका विद्युुत कार्यालयका कर्मचारी कोरोन डिस्चार्ज भएका छन् भने अन्य १२ सँक्रमित होटलमा बसिरहेका छन्  । होटलमा रहेका अन्य सँक्रमितमध्ये दमक नगरपालिकाका ६ नागरिक, नेपाल राष्ट्र बैँकमा १ कर्मचारी, वाणिज्य बैँकका २ कर्मचारी, प्राइम बैँकका २ र एसिएन पेन्टसका २ कर्मचारी हुन् । उनीहरुको नियमित स्वास्थ्य जाँचका लागि होललै नै चिकित्सकको व्यवस्था गरेका छन् । यद्धपी महानगरपालिकाले समेत थप सहयोग गर्दै स्वास्थ्यकर्मी उपलब्ध गराइ दिएको छ । प्रदेश सरकारबाट समेत स्वास्थ्यकर्मीको सेवा उपलब्ध गर्ने प्रतिबद्धता मन्त्रीबाट भएको सँचालकले जानकारी दिएका छन् ।

असपतालमा बस्ने सँक्रमितको नियमित स्वास्थ्य जाँचसँगै चिकित्सकको सल्लाह बमोजिम खानपान र व्ययामको व्यवस्था गरिएको होटेलले जनाएको छ । होटेलमा बसेर कोरोनामुक्त भएर जाने पहिलो सँक्रमितले समेत आफुुले होटलबाट भनेअनुसारको सेवा पाएको प्रतिक्रिया दिएका छन् । होटेलमा काम गर्ने सम्पुुर्ण कर्मचारीको पन्ध्र पन्ध्र दिनमा पिसिआर टेस्ट गर्ने व्यवस्था गरिएको छ ।

कर्मचारीले पिपिई, मास्क, ग्लोब्स, फेससिल्ड लगाएका स्वास्थ्य सुरक्षाका उपकरण लगाएर मात्र काम गर्ने व्यवस्था मिलाइएको छ भने उनीहरुलाई बाहिर हिँड्न प्रतिबन्ध लगाइ होटल क्वारेन्टाइनमा राखिएको छ ।सँचालककले कामदारको कोरोना बीमा समेत गरिदिएका छन् । होटल आइसोलेसनमा स्थानीय पालिका, सँघ सँस्था र व्यक्तिगत रुपमा अनुुमती दिएर बस्न पाइने छ । कोठाको स्तर हेरेर ११ सय देखि ३ हजारसम्मका वातावरणअनुुकुलित कोठाहरु रहेका छन् ।

हाल ६५ कोठा उपलब्ध रहेको सँचालकले जानकारी दिएका छन् । प्रदेश १ मा सँक्रमित बढेसँगै निजि क्ष्ोत्रले यसरी सँस्थागत रुपमै सरकारबाट अनुुमती लिएर आइसोलेसन बनाउन शुरु गरेपछि केहि सहज हुने विश्वास लिइएको छ ।  प्रदेश १ मा हालसम्म प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।  डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ ।