इटहरीः इटहरी उपमहानगरपालिकामा कोरोना सँक्रमितको सँख्या शुुक्रवारसम्म एक सय नाघेको छ । २५ बढि सँक्रमित होम आइसोलेसनमा रहेको छन् । कतिपय सँक्रमित निको भएर घर फर्किदा समेत छिमेकीले बस्न दिएनन् । देशैभरी सँक्रमितलाई अमानवीय व्यवहार भइरहँदा इटहरीकी उपमेयर लक्ष्मी गौतम भने सँक्रमितको घरघर पुुगेकी छिन् । जनतालाई समस्या पर्दा तीनै तहका सरकारमध्ये सबै भन्दा जनताको भरोसाको सरकार भनेर चिनिने स्थानीय सरकारका प्रतिनिधि यसरी सँक्रमितको घरमै पुुगेर दुःख सुख बुुझ्दा सँक्रमितले धेरै आड्भरोसा पाएको प्रतक्रिया दिइरहेका छन् । क्लिक धरानले यहि सेरोफेरोमा रहेर उपप्रमुख लक्ष्मी गौतमसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

कोरोनासँग सबै डराइरहेका छन् । एक अर्कासँग डराउनुपर्ने अवस्था पनि छ । तर, तपाई त सँक्रमितको घरघर जानुु भयो नि, किन ?

-पहिलो कुरा त कोरोना कुुनै अभिशाप होइन । यति बेला विश्व कोरोनासँग जुधिरहेका छ । सबै मुलुक यसको सँक्रमणबाट कसरी बच्ने र नागरिकलाई कसरी सुरक्षित बनाउने भन्ने ध्याउन्नमै छन् ।

म आफ्ना नगरका नागरिकलाई भेट्न जाने दुुइ कारण थिए । पहिलो कारण सँक्रमितलाई घर, आफन्त र छिमेकबाट कस्तो व्यवहार भइरहेको छ भन्ने बुुझ्न र दोस्रो उनीहरुको बसाईको अवस्था कस्तो रहेको छ भन्ने बुुझ्न । यदी आफन्त र छिमेकले राम्रो व्यवहार नगरेका भए उनीहरुलाई सम्झाउने र नसम्झिले खालका रहेछन् भने कानूनी प्रक्रियाका लागि सहयोग गर्ने भन्ने योजनासहित पुुगेकी थिएँ । होम आइसोलेसनमा बस्नुुभएका व्यक्तिहरुको अवस्था ठिक नभएको खण्डमा वा स्वास्थ्यमा गडवडी रहेको खण्डमा तत्काल स्वास्थ्यकर्मीको परामर्श दिन भनेर स्वास्थ्यकर्मीको टोलीसहित पुुगेकी थिएँ ।

उसोभए, होम आइसोलेसनमा रहेका व्यक्तिको घरपुुग्दा अवस्था कस्तो पाउनुुभयो ?

-अधिकाँश व्यक्तिको घरमा राम्रो व्यवहार गरेको पाइयो । तर, त्यहाँ पनि त्रासले हो की नबुुझेर हो छिमेकीले खासै सन्तोषजनक व्यवहार नगरेको पाइयो । त्यस्तो ठुलै समस्या आइहाल्ने व्यवहार चाहि गरेका रहेछन् । म पुुग्दा केहिका छिमेकी पनि सँगै आउनुुभयो । वहाँहरुसहित आफन्तलाई छेउमा राखेर सँक्रमितलाई यो अवस्थामा हुनसक्ने छट्पटाहाट् र त्यसले निम्त्याउन सक्ने मानसिक असरका बारेमा आफुुले विज्ञबाट बुुझेका कुुरा शेयर गरेँ । म आँफै पनि होम क्वारेन्टाइनमा बस्दा विज्ञका सुुझाव लिएकी थिएँ । अहिले यसरी अरुलाई शेयर गर्न पाउँदा खुसी लागेको छ ।

के होम आइसोलेसनमा बसेका सबै ठिक रहेछन् त ?

-अधिकाँशको बसाइ सहि नै पाइयो । तर, दुइ जनाको अवस्था निकै अप्ठ्यारो रहेछ । साँघुरो बसाइका कारण घरमा अरु सदस्यलाई कोरोना सँक्रमण हुन सक्ने उच्च सम्भावना रहेको स्वास्थयकर्मीले सुझाव दिएपछि तत्काल आइसोलेसनमा पठाइयो । वहाँहरु एकदमै खुसी भएर हामीलाई धन्यावाद पनि दिनुुभयो ।

कोराना लागेर घर बसेका मान्छेको मनोविज्ञान कस्तो रहेछ ? कसरी सम्झाउनुु भयो ?

-प्रत्येक सँक्रमितको घर पुुग्दा मैले रोगप्रतिरोधी क्षमता बढाउन उपयोगी हुने गुर्जोको टुक्रा र केहि फलफूल लिएर गएकी थिएँ । त्यो पर्याप्त त होइन, तर अरुका लागि उदाहरण बन्न सकोस भनेर लिएर गएकी हुँ । यतिका समय सँक्रमित घरमा बस्दा न आफन्तले फोन गर्ने नत छिमेकीले हेर्न, बोलाउन आउने । यसरी त सँक्रमितलाई थप मानसिक पीडा हुन्छ । तसर्थ मैले वहाँहरुलाई यो बेला सकारात्मक कुरा सोच्न र मानसिक स्फुर्तीलाई ताजा बनाइ राख्न सल्लाह दिएँ । आज तपाई सँक्रमित भए पनि भोली अरु हुनसक्छ । यसरी सुरक्षित बसेर आफ्नो मात्र होइन, अरुको स्वास्थ्य पनि जोगाइ राख्नुुभएको छ । यसले समाजको स्वास्थ्य हुँदै देशको स्वास्थ्य र अर्थ जोगाउने काममा यहाँको भुमिका अपरिहार्य रहेको छ भनेर सम्झाएँ । वहाँहरु खुसी हुनुुभयो ।

तपाइहरु एकछिन पुग्नुभयो । त्यस पछि वहाँहरुको अवस्था उहि हालतमा त फिर्यो होला नि ।

-विल्कुल होइन । हाम्रो टीम पुुगेपछि घरकै व्यक्तिको व्यवहार परिवर्तन भएको हामीलाई टेलिफोनमा भन्नुुभयो । अझै कहिले बोल्दै नबोलाउने छिमेकी ले त अहिले हालखबर सोध्न थालेका छन् रे । आफ्नो घरमा भएको पोषिलो खानेकुरा, दुुध, फलफूल, सागसब्जि लिएर जान थालेका छन् रे । अहिले इटहरीमा कोरोना सँक्रमितलाई हेर्ने समाजको दृष्टिकोण फेरिएको छ । यसले सँक्रमतलाई चाँडो कोरोनामुक्त हुन सघाउ पुुर्याउँछ ।

तपाइको यो कदमलाई धेरैले प्रशंसा गरे । तर, कतिपयले चाहि सस्तो लोकप्रियता पनि भने । यसमा तपाइको केहि प्रतिक्रिया दिन चाहनुहुन्छ ?

-म आलोचनाबाट डराउने मान्छे होइन । मैले के सहि र गलत गर्दैछुु भन्ने सहजै छुुट्याउन सक्छु । यतिको समय राजनीति यात्रामा हिँडेकी मान्छेले प्रशंसाबाट मात्तिने र आलोचनाबाट आत्तिने त कदापी हुनै सक्दैन । म जाँदा मैले दिन खोजेको सन्देश हो । कोरोना जित्नेले समाजसँग हार्ला कि भनेर निगरानी गरेकी हुँ,  यस्तो विषम परिस्थितिमा सद्भाव र प्रेम बाँडे सँक्रमितलाई औषधीको काम गर्छ । यसलाई किन्नै पर्दैन । अनि म आलोचनाबाट किन डराउनु ? बरु मलाइ त राम्रो काम गरिस् भनेर प्रतिक्रिया आएकोछ । यसले अझै जनताको सेवामा काम गर्ने हौसला बढेको छ ।

अन्त्यमा, तपाइले भन्न बाँकि केहि कुरा छ ?

-एउटा कुरा सरकार भएको अनुुभती भएको सँक्रमितको प्रतिक्रिया पाएकी छुु । यसले थप हौसला मिलेको छ । हामी पुुग्दा वहाँहरुले आफ्नो मनको कुरा राख्ने मौका पाउनुुभयो । र हामीलाई पनि फाइदा भयो । किनकी हामी सँक्रमितको घरघर नपुुग्दा हाम्रो कामको मुल्याँकन भएको थिएन । हामीले कस्तो गर्नुुपर्ने रहेछ भन्ने लेसन पनि भयो । सुधार गरेर लग्ने कुरामा हामीले थप जानकारी पायौँ ।  

देशैभरी सँक्रमितलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुुपर्छ । यो अभियान नचलाइ भएको छैन । किनकि निको भएर घर पुुगेकालाई पनि पहिलेको जस्तो व्यवहार भएको छैन । यसरी त मान्छे डिप्रेशनमा जान्छ । कोरोना त जित्ला र समाजसँग हार्ने हुँदा हामी सचेत नागरिक र अझै जनप्रतिनिधिले त धेरै जिम्मेवारी निभाउनुु पर्ने दायित्व छ । म चाहि आफ्नो ठाउँबाट सक्दो प्रयासरत छु । यो बेला सक्नेले सहयोग गर्ने हो । प्रोटोकोलले के भन्छ । म कुुन पोजिशनको हो भन्ने भन्दा पनि मानिसले अर्को विपतमा परेको मानिसलाई सहयोग गर्ने भन्ने भावना जागृत भए यो विपतबाट हामी पार पाउन सक्छौँ जस्तो लाग्छ ।