झापा: भन्सार छली गरेर ल्याएको ओरियन्स कम्पनीको औषधीसहित प्रहरीले पक्राउ गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिका ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छलेर ल्याएको औषधी प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा आएका ६ जना व्यक्तिलाई ईलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा औषधी फेला परेको थियो ।
भारतबाट ३०७ वटा बट्टामा प्याक गरी तस्करी गरेर अवैधरुपमा औषधी नेपाल ल्याएको पाईएपछि उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । वरामद भएको औषधी, व्यक्तिहरु र सवारी साधन पनि आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।