धरान: सुनसरी जिल्ला भरि केही समयको लागि निषेधित क्षेत्रलाई खुकुलो गर्ने निर्णय भएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार स्वास्थ्य प्राटोकल पालना गर्दै पसलहरु जिल्लाभर बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको छ । तर, हाट बजारहरु भने पुर्णरुपमा बन्द नै रहनेछन् । सैलुन, ब्युटिपार्लर, स्पा, व्यायमशाला जस्ता व्यवसायहरु भने सञ्चालन गर्न पाइने छैन ।

बिहान १० बजेसम्म खुल्ने पसलमा भिडभाड हुन नदिन गोलो घेराको प्रबन्ध मिलाउने, सर्वसाधारणले मुल्यसुची देखिने गरि अनिवार्य राख्ने, अनिवार्य मास्क र पञ्जा प्रयोग गर्नेलगायत नियम पालना गर्नुपर्नेछ । डिपार्टमेन्ट स्टोरहरुले गेटमा थर्मल गनले ग्राहको तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । होटल तथा रेष्टुरेष्टहरुले अनलाइन अर्डरमा होम डेलिभरी गर्न पाउने तथा ग्राहक स्वायम आएर प्याकिंग गरेर लैजान पाउनेछन् । होटलमा भेटघाट तथा जम्मा नहुन भने पाइनेछैन ।

राती ९ बजेदेखि बिहान ५ बजेसम्म डिडडुल गर्न प्रतिबन्ध लगाइएको छ । एकैस्थानमा जम्मा भई भेला हुन, जुलुस, सम्मेलन, गोष्ठी, भोज, हाट, मेला, पार्टी महोत्सव गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

जोरविजोर प्रणालीमा सिटी सफारी(ई-रिक्सा)सञ्चलान गर्न पाउने

बैठकले सिटी सफारी (ई-रिक्सा)लाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, हरेक दिन डिस्इन्फेक्सन गर्नुपर्ने, चालकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, प्रवेश गर्नुपुर्व यात्रुलाई अनिवार्य सेटिनाइजर उपलब्ध गराउने, २ जना भन्दा बढी यात्रु राखेर चलाउन नपाउने र जोरविजोर प्रणालीमा सिटी चलाउन पाउने निर्णय गरेको छ ।

1 2