धरान: धरान आदर्शले कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा लिएको छ ।
कोभिड महामारीका बीचमा आदर्शले शुक्रबार स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा नै प्रवेश परीक्षा लिएको हो । कलेजका अनुसार विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यानिटिज संकायको परीक्षा सम्पन्न भएको हो । प्रिन्सिपल सन्तोष पाडेका अनुसार सामाजिक दुरी कायम गर्दै एउटा बेन्चमा एक विद्यार्थी मात्र राखेर परीक्षा लिइएको थियो ।
आदर्शका अध्यक्ष लेखी सुब्बाले पनि स्वास्थ मापदण्ड पुरा गरेर नै परीक्षा गराइएको जानकारी दिए । जोकोहीलाई प्रवेश गर्नुभन्दा अगाडी साबुन पानीले हात धुन लगाउने, विद्यालयको डिस्इन्फेक्टेन्ट टनलबाट स्यानिटाइज गर्ने र थर्मल गनबाट ज्वरो मापन गरी कोरोनाको कुनै लक्षण नभएमा मात्र प्रवेश गराइने जनाएको छ । प्रवेश गर्दा स्यानिटाइजरले हात सफा गर्नुपर्ने, मास्क अनिवार्य प्रयोग गरेको हुनुपर्ने मापदण्ड समेत लागु गरेका छौं, अध्यक्ष सुब्बाले भने, कर्मचारीहरुले पनि पञ्जा र मास्कसहित सामाजिक दुरी कायाम गरेर सेवा दिने गरेका छन ।
कोरोनाको लक्षण भेटिएमा मेडिकल डेक्सबाट सेवा दिइने र स्थानीय निकायसंग सहकार्य गरेर स्वास्थ सेवाको लागी सहजिकरण गरीने उनले बताए । लकडाउन पछिको पहिलो प्रवेश परीक्षामा उल्लेख्य मात्रमा अभिभावक र विद्यार्थीको सहभागीता रहेको एड्मिस्ट्रेटिभ डाइरेक्टर लोकेन्द्र श्रेष्ठले बताए। आदर्शले धरानमा ८ वर्षदेखि निरन्तररूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यो शैक्षिक संस्था धरानमा सबै भन्दा धेरै संकाय संचालन गर्नेमा पर्छ । आगामी दिनमा आधुनिक शिक्षा सम्बन्धि विशेष कार्यक्रमहरू संचालन गरिने डाइरेक्टर श्रेष्ठले बताए ।