धरान: भदौ २८ गतेदेखि शुरु गर्ने अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सुचना जारी गरेपछि अनेरास्ववियुले आपत्ति प्रकट गरेका छ ।

अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु(क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले विज्ञप्ती जारी गर्दै सुचना तत्काल सच्याउन पनि माग गरेका छन् । कोभिड १९ ले अर्थतन्त्र तहसनहस भएको बेला विद्यार्थीहरुलाई शुल्न नलिई कक्षा सञ्चालन गर्न पनि संगठनले माग गरेको छ । अध्यक्ष सुजन खत्रीका अनुसार क्याम्पस प्रशासनले भदौ २८ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नेबारे हिजो(शुक्रबार) विद्यार्थी संगठनहरुसँग छलफल राखेको थियो । उक्त छलफलमा त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बिषयमा छलफल भएर निर्ण भए पनि शुल्क लिनेबारे कुनै निर्णय भएको थिएन ।

बेलुका क्याम्पस प्रशासनले सुचना जारी गर्दा अनलाइन कक्षा सञ्चालन गर्ने र सम्बन्धित सेमेष्टरका विद्यार्थीहरुले तोकिएको सेमेष्टर शुल्कको हाललाई आधा शुल्क नेपाल बैंक लि.मार्फत जम्मा गरी भर्ना हुन भनिएको छ । साथै, आधा शुल्क भने परीक्षा फारम भर्दा बुझाउन पनि क्याम्पस प्रशासनले सुचना जारी गरेको छ । ‘हिजोको बैठकमा अनलाइन कक्षा शुरु गर्ने बारे मात्र छलफल भएर निर्णय भएको हो, शुल्क लिने बारे कुनै निर्णय भएकै थिएन,’खत्रीले भने,‘तर बेलुका नोटिस निकाल्दा आधा शुल्क लिने भन्ने भएछ, अहिलेको अवस्थामा विद्यार्थीले शुल्क तिर्न सक्दैनन्, त्यसैले त्यो नोटिस सच्चिएर आउनुपर्छ ।’

क्याम्पस प्रशासनका अनुसार एमबिएस तेस्रो, एमए तेस्रो, एमएड तेस्रो, बिबिए दोस्रो, चौथो, छैटौं र आठौं, बिबिएमको दोस्रो र चौथो सेमेष्टरको अनलाइन कक्षा भदौ २८ गतेदेखि शुरु गर्ने जनाएको छ । यिनै सेमेष्टरको भर्नाको शुल्क आधा तत्काल फारम भर्दा बैंकमार्फत जम्मा गर्न क्याम्पसले सुचना जारी गरेको हो । यस्तै, बि.ए., बिबिएस र बिएडका विद्यार्थीहरुको अनलाइन कक्षा सञ्चालन गर्न ट्रेसिङ गरेर इन्टरनेट पहुँच भए नभएको सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको थियो ।

mmc-notice1 mmc-notice