धरान: सुनसरीमा आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने भएको छ ।
यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजारत तथा पसल खोल्न दिने निर्णय गरेको हो । उद्योगी, व्यवसायीहरुको माग अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बजार तथा पसल २ बजेसम्म खोल्न पाए पनि केन्द्र सरकारले निर्णय गरेअनुसार सैलुन, ब्युटि पार्लर, स्पा, जिमहल भने खोल्न पाइने छैन । यस्तै, फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार पनि अर्को व्यवस्था नभएसम्मलाई निषेध गरिएको जिल्ला प्रशासनले जनाएको छ भने होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने(टेक अवे) विधिमा सञ्चालन गर्न पाउनेछ । तर, होटल तथा रेष्टुरेष्मा बसेर खान भने निषेध गरिएको छ।