धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा कार्यरत चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानका अनुसार गाइनोकोलोजी अध्ययनरत एक डाक्टर र डेन्टलका हेल्परलाई कोरोना संक्रमण देखिएको हो । दुवै कोभिड अस्पतालमा कार्यरत थिए । कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पहिलो पटक संक्रमण देखिएको हो ।
यस्तै, पोल्मोनोलोजी विभागमा कार्यरत डाक्टरमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, एक जना इर्मजेन्सी ओटिमा कार्यरत नर्सलाई पनि संक्रमण पुष्टि भएको छ । उनी केही दिनअघि सुनसरीको दक्षिणी हरिनगरा गएर आएको र स्वाब परीक्षण गर्दा पोजेटिभ आएको हो । उनी क्वार्टरमा नै आइसोलेट भएर बसेकी छिन् ।
वीपीकै एक जना प्लम्बरको पनि कोरोना पोजेटिभ देखिएको हो । यस्तै, गाइनो वार्डमा रहेका एक जना महिलामा पनि कोरोना पुष्टि भएको छ भने एपेन्डिक्स अप्रेसन पनि सर्जरी वार्डमा रहेका एक विरामीलाई पनि संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।







