धरान: धरान उपमहानगरपालिकामा असोज १ गतेदेखि अनलाइन कर प्रणाली सेवा सुरु गर्ने भएको छ ।

उपमहानगरपालिकाले कर प्रणालीलाई करदाता मैत्री, सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गर्ने तयारी गरेको हो । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागेको उपमहानगरले जनाएको छ ।

सेवाग्राहीले मोवाइलमा ‘connect IPS / eSEWA’ बाट उपमहानगरमा बुझाउनु पर्ने भुमी कर, घर तथा घर बाहाल कर, व्यवसाय करलगायत सम्पूर्ण करको भुक्तानी गर्ने व्यवस्था गरिएको धरान उपमहानगरको राजश्व तथा सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए । ‘सेवाग्राहीले उपमहानगरलाई आफुले बुझाउनु पर्ने सम्पूर्ण कर अनलाइन प्रणाली मार्फत आउदो असोज १ गतेदेखी भुक्तानी गर्ने व्यवस्था गर्न लागेका छौं,’ अधिकृत खतिवडाले भने,‘विश्वको जुनसुकै ठाउँमा बसेर कर बुझाउन सक्नु हुनेछ ।’

करदाताले वेभसाइट ‘eservice.dharan.gov.np’ मा गएर आफुले बुझाउनु पर्ने शुल्क थाह हुनेछ । तर, करदाताले आफ्नो इमेल ठेगाना र मोवाइल नम्बर करको सिस्टममा अद्यावधिक भने गर्नुपर्नेछ । ‘करदाताले विस्तृतमा आफ्नो इमेल ठेगाना, मोवाइल नम्बर सिस्टममा अद्यावधिक गराउनु पर्छ,’उनले भने,‘करदाताले आफुले विगतमा तिरेको करको रसिद लगेर वडा कार्यालयमा गएर आफ्नो डिटेल टिपाउनु अनुरोध गर्दछौं ।’

सेवाग्राहीको सहजताको लागि वडामा कर तिर्ने व्यवस्था गरिएको बताउदै अधिकृत खतिवडाले अब सेवाग्राहीको घर–घरमा कर प्रणाली सेवा पु¥याइएको बताए । ‘हामीले सेवाग्राहीको सहजताको लागि वडा वडामा कर तिर्ने व्यवस्था गरेका छौं, अब यो सेवा घरघरमा पु¥याउन सुरु गर्न लागेका छौं,’उनले भने, ‘कार्यालयमा आएर लाइन बसेर तिर्ने झन्झटको अन्त्य गर्नको लागि यो सेवा सुरु गर्न लागेको हो ।’

यो सेवा विद्युत र खानेपानीको विल भुक्तानी गरे जस्तै सजिलो हुनेछ । गत वर्षदेखी नै अनलाइन प्रणालीको सुरुवात गदै लाने योजना अनुसार सुरुवात गर्न लागिएको अधिकृत खतिवडाको भनाई छ । सेवाग्राहीको सहजताको लागि यसरी नै क्रमागत रुपमा सिस्टमको विकास गदै लगिने खतिवडाले बताए।kar