धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ ।

उपकुलपति डा.गिरीको आज सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै र दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

उनले प्रतिष्ठानको नीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा ब्यस्त रहदा संक्रमण भएको खुलाएका छन् । साथै उनले आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा बसेको पनि जानकारी दिएका छन् । उनले आफुसंग सम्पर्कमा आएका सबैलई आफ्नो परिक्षण गराएर सजगता अपनाउनु पनि अनुरोध गरेका छन् ।