धरान: असोज १ गतेदेखि यातायात सञ्चालनको वातावरण तयार गर्न प्रदेश १ का यातायात व्यवसायी तथा मजदुरहरुले सरकारसँग आग्रह गरेका छन् ।

कोभिडको कारण करिब ६ महिनादेखि ठप्प रहेको यातायात असोज १ गतेदेखि सरकारले नखुलाए व्यवसायी तथा मजदुरहरु आफैले स्वतस्फुर्तरुपमा सञ्चालन गर्ने पनि उद्घोष गरेका छन् । विभिन्न यातायात मजदुर संगठन र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिले सोमबार संयुक्त रुपमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउदै यातायात सञ्चालन गर्न माग गरेका हुन् ।

ज्ञापन पत्र बुझाउनेमा नेपाल यातायात मजदुर संघ १ नम्बर प्रदेश समिति, अखिल नेपाल यातायात मजदुर संघ १ नम्बर प्रदेश समिति, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन १ नम्बर प्रदेश कमिटि पनि रहेको छ । उनीहरुले सवारी कर, जाँचपास, रुट इजाजत आदीमा छुट पाउने व्यावस्थाको लागि सम्बन्धीत पक्षलाई निर्देशन दिनुपर्नेलगायतको ३ वटा बुँदामा सुझाब समेत पेश गरेको छ ।

सरकारले तोकेको स्वास्थ्य निर्देशिकालाई पालाना गरेर सुरक्षित रुपमा यातायात सञ्चालन गर्नुपर्ने माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको नेपाल यातायात व्यावसायि राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समिति संयोजक सरोज श्रेष्ठले बताए । उनले सरकारले यातायात सञ्चालनमा नल्याए बाध्य भएर व्यवसायीहरु आफैले यातायात सञ्चालनमा ल्याउने पनि चेतावनी दिए । ‘सरकारले कोरोना भन्दै यातायात सञ्चालन बन्द गरेको छ । अब हामी यातायात बन्द गरेर, बैकको ब्याज धान्न सक्दैनौं । हामी यातायात खुलाउनको लागि सरकारले तोके बमोजिमको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउछौं भनेका छौं’ संयोजक श्रेष्ठले भने ‘असोज १ गतेदेखी सरकारले यातायात्र नखुलाए व्यवसायी आफैले स्वस्फुर्त रुपमा यातायात खुलाउछौं । हाम्रो चाहाना भनेको सरकारले आफै खुलाओस् भन्ने हो ।’

yatayat1

आफुहरुको माग प्रति मुख्यमन्त्री राई पनि सकारात्मक रहेको उल्लेख गरे । ‘मुख्यमन्त्री ज्यूले मंगलबार नै १४ जिल्लाका सिडिओहरुसहित जुममार्फत बैठक बस्ने भन्नु भएको छ, हाम्रो मागप्रति मुख्यमन्त्री एकदम सकारात्म हुनुहुन्छ,’उनले भने । मुख्यमन्त्रीको संयोजकत्वमा सिडिओहरुसंग व्यवसायीहरुको यातायात व्यावस्थापन सम्बन्धी संयुक्तरुपमा भिडियोमार्फत जुम बैठग बस्न लागेको बताए । सुरक्षालाई मध्यनजर गदै ५० प्रतिशत मात्र यात्रु बोक्ने र साविक भाडामा ५० प्रतिशत जोडर भाडा लिने विषयमा छलफल भइरहेको समेत बताउदै आफुहरु भाडा र सिट संख्याको सम्बन्धमा सरकारको सबै निर्णय मान्न तयार भएको समेत प्रष्ट्याए ।

यातायात सञ्चालनको यस्तो छ तयारी

व्यवसायीहरुले मजदुरको सुरक्षासंगै यात्रुहरुको सुरक्षाको लागि प्रत्येक गाडीमा सयानिटाइजर गर्ने व्यावस्था मिलाइएको छ । ‘हामीले आफ्नो सुरक्षा गर्नुत छदैछ यात्रुको पनि सुरक्षाको लागि प्रत्येक गाडीको यात्रु बस्ने सिटमा सयानिटाइज गछौं । स्यानिटाइज गरेर मात्र गाडी स्टेण्डमा लाउने व्यावस्था गछौं’ अध्यक्ष श्रेष्ठले भने ‘स्यानिटाइज गर्नको लागि हामी मेसिन र औषधि उपलब्ध गराउँछौं ।’

अहिलेको परिस्थतीमा यातायात व्यावसायिहरुले यात्रुको मन जित्न सक्नुपर्ने बताउदै यात्रुहरुको सुरक्षाप्रति आफुहरु गम्भिर रहेको बताए । ‘चालक, सहचालकले अनिबार्य मास्क र पञ्जा लगाउने व्यावस्था गरेका छौं । कण्डकर (भाडा संकलनकर्ता)को लागि अनिवार्य फेस सिल्डको समेत व्यावस्था गरेका छौं’ उनले भने ‘यात्रुको हकमा अनिवार्य मास्क लगाउनु पर्छ यदी मास्क नलगाएको भए हामी आफै उपलब्ध गराउँछौं त्यसको लागि थोरै केही रकम लिन्छौं ।’ नियम पालना नगर्ने सवारीलाई कारबाहीको दायारामा ल्याउन अनुगमनलाई तिब्रता दिइने समेत उनले बताए ।

नेपाल यातायात व्यावसायि राष्ट्रिय महासंघ प्रदेश १ ले दिएको गत चैत्र मसान्तको तथ्याङ अनुसार प्रदेश १ मा कुल यात्रुबाहक सवारीको संख्या ३७ हजार ७ सय ९५ रहेको छ । जसमा टेम्पोको संख्या साढे १८ हजार रहेको छ । यस्तै, जिपको संख्या साढे ७ हजार जसमा नीजि जिप ३ हजार रहेको छ । यस्तै, बस र ट्रकको संख्या ११ हजार ८ सय ७५ रहेको छ । जसमा मिनी बस ६ हजार ८ सय ७५ र ट्रक र ट्रिपर ५ हजार रहेको छ ।

1 2 2, 2