धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज बिहानै एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने व्यक्ति प्रदेश नं २ सप्तरी जिल्लाका हुन् । वीपी प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितहरुको कुल संख्या २८ पुगेको छ । खडक नगरपालिका ३ का ३५ बर्षीय पुरुषको आज बुधबार बिहान ६ बजेर १० मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण भएपछि मृतकलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरेको थियो ।

उनी प्रतिष्ठानमा भदौ ३० गते बिहान १० बजेर ४६ मिनेटमा भर्ना भएका थिए । उनलाई भदौ २८ गते कोभिड १९ पुष्टि भएको थियो । मृतकलाई मृगौलाको समस्या थियो । उनलाई विगत १ बर्षदेखि हप्ताको २ पटक डाइलाइसिस हुने गरेको थियो भने उच्च रक्तचापको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।