धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग राख्दै बुधबार धरानमा प्रर्दशन भएको छ ।

सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा दिउँसो भानुचोकमा प्रर्दशन भएको हो । सरकारले घिसिङलाई पुनः नियुक्ती नगरेर जनतालाई धोका दिएको भन्दै वक्ताहरुले आक्रोश पोखे । जनताको पक्षमा काम गर्ने इमान्दार कर्मचारीलाई पुनः नियुक्ती नगरेको भन्दै सरकारको चर्को आलोचना पनि भएको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका जनतालाई लोडसेडिङमुक्त गरेको र घाटामा गएको प्राधिकरणलाई नाफामा लगेको भन्दै पुनः घिसिङलाई नै नियुक्ती दिनुपर्ने पनि माग गरे ।

kulman1

प्रर्दशनमा सहभागी युवा, वृद्धहरुले प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्ती भएको हेर्ने चाहना व्यक्त गरे । उनीहरुले सोही अनुसारको प्ले कार्ड पनि प्रर्दशन गरेका थिए । प्रर्दशनलाई सम्बोधन गर्दै हर्क साम्पाङले ३ करोड नेपाली जनताले प्राधिरकणमा पुनः कुलमान घिसिङलाई नियुक्ती गर्न माग गरिरहे पनि सरकारले सुन्दै नसुनेको बताए । ‘३ करोड नेपाली जनताले कुलमानलाई पुनः नियुक्ती गर्नुपर्ने चाहेका छन्, जनताको यो आवाजलाई, भावनालाई सरकारले सुन्नुपर्छ कि पदैन ?’ साम्पाङले भने,‘तर सरकारले जनताको चाहना, इच्छा नबुझ्नेहरुलाई अबको चुनावहरुबाट अभिमत व्यक्त गर्नुपर्छ ।’

घिसिङको ४ बर्षे कार्यकाल पुरा भएपछि भदौ २८ गतेबाट प्राधिकरणबाट विदा भएका छन् । आम जनताले उनलाई पुनः नियुक्ती गर्न माग गरिरहे पनि सरकारले भने उनलाई नियुक्ती दिएन । पुर्वएमाले र पुर्वमाओवादीबीचको टकरावको कारण कुलमानबारे सरकारले निर्णय गर्न नसकेको बताइएको छ ।

kulman2 kulman3 kulman6 kulman4 kulman5