धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः नियुक्तीको माग गर्दै सोमबार धरानमा युवाहरुले प्रर्दशन गरेका छन् ।

धरान उपमहानगरपालिका वडा नम्बर ८ का युवाहरुले स्वतन्त्ररुपमा घिसिङको पक्षमा प्रर्दशन गरेका हुन् । उनीहरुले र्याली निकाल्दै उज्यालो नेपाल चाहिन्छ, कुलमान घिसिङ जिन्दावादको नारा लगाएका थिए । विभिन्न नारा लेखिएको प्ले कार्ड पनि युवाहरुले प्रर्दशन गरेका थिए । बर्षाको समयमा पनि पर्वाह नगरि युवाहरुले र्याली निकालेका थिए ।

प्राधिकरणमा कुलमान घिसिङको विकल्प नभएको युवाहरुको भनाई थियो । उनलाई निरन्तरता नदिने हो भने जो आए पनि लोडसेडिङ हुन नहुने र प्राधिकरण नाफामा जानुपर्ने युवाहरुको माग रहेको छ । यसैगरि, एमसिसि पनि कार्यान्वयन गर्न नहुने युवाहरुको माग रहेको थियो । प्रर्दशन गर्ने युवाहरु स्वतन्त्ररुपमा स्वतःस्फुर्त आएको विकास लामाले बताए । उनले भने,‘हामी कुनै राजनैतिक पुर्वाग्रह बोकेर आएका होइनौं, स्वतःस्फुर्त स्वतन्त्ररुपमा प्रर्दशनमा आएका हौं ।’