धरान: लकडाउनका कारण करिब ६ महिनायता ठप्प बनेको सार्बजनिक यातायात सेवा आज (शुक्रबार)बाट पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

सरकारले भने हिजो असोज १ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, हिजो विश्वकर्मा पुजा परेकोले पनि यातायात आंसिक रुपमा मात्र सञ्चालनमा आएको थियो । आज भने बिहानै देखि धरानको भानुचोकस्थित बसपार्कमा यात्रुबाहक बसहरु विगतमा जस्तै थियो । तर, यात्रुहरु भने नगन्य रुपमा थिए । कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका लागि यात्रुबाहक बस जानको लागि यात्रुको पर्खाइमा थियो । यस्तै, काकडभिट्टा, विराटनगरलगायत अन्य बिभिन्न जिल्लाहरुमा जाने याुत्रबाहक याुत्रको प्रतिक्षामा थिए ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार नै बसहरु सञ्चालन भइरहेको छ । यातायात सञ्चालनमा आएपनि यात्रुहरुको उपस्थिती कम रहेको काउन्टरका कर्मचारी श्याम कट्वालले बताए । ‘गाडी विहान ४ बजेदेखि नै लाइन लगाएको अहिले ९ बजिसक्यो १० जनामात्र यात्रु भए,’काउन्टरका कर्मचारी कट्वालले भने, ‘३६ सिटको गाडी हो अब १८ जना भयो भने हामी पठाउछौं ।’ उनले सरकारले तोकेको गाडीको पूर्ण सिट क्षमता भन्दा ५० प्रतिशत यात्रु राखेर साविकको भाडामा ५० प्रतिशत थप गरेर भाडा लिएको बताए ।

भिडियो:

यता यात्रुहरु भने यातायात सञ्चालन आएकोमा खुशी देखिन्थे । तेह्रथुमको बसन्तपुर जान लागेको गाडीमा जान लागेका इटहरीका दयाराम दाहालले आफै सुरक्षित भएर यात्रा गर्नुपर्ने बताए । ‘यातायात जनताको आवश्यकता हो । यो परिस्थतीमा आफै सुरक्षित भएर यात्रा गर्नुपर्छ । मास्क पञ्जा अनिबार्य लगाए यात्रा गर्नुपर्छ,’उनले भने,‘असुरक्षित तरिकाले चै यात्रा गर्नुहुदैन, त्यसले अरुलाई पनि असर पर्न सक्छ ।’

धनकुटाको मारेकटहरेकी लिला लिम्बुले यातायात सञ्चालन भएकोमा खुशी व्यक्त गरिन् । ‘गाडी चलेकै राम्रो हो । खुशी लागेको छ नानी,’उनले भनिन् । सार्बजनिक यातायात सेवा सञ्चालनमा ल्याउने निर्णय गरेर सरकारले स्वागतयोग्य काम गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले बताए । यातायात सञ्चालनमा आएसंगै यात्रुहरुलाई भयरहित रुपमा निश्चित गन्तव्यसम्म पु¥याउन आफुहरुको मुख्य दायित्व रहेको उनले बताए । ‘चैत्र ११ गतेदेखी लकडाउन भयो त्यसयता अन्य सेवाहरु सामान्य रुपमा खुलेपनि यातायात सेवा ठप्प बन्यो तर सरकारले असोज १ गतेदेखी सेवा सञ्चालनमा ल्याउने निर्णय गर्यो यो स्वागत योग्य छ । अब हामीले सुरक्षाको मापदण्ड सबै पूरा गरेर यातायात सेवा सञ्चालनमा ल्याएका छौं’ उनले भने ‘यात्रुहरुलाई ढुक्कसंग यात्रा गर्ने वाताबरण हामीले तयार गरेका छौं ।’

1

सरकारले निर्देशन दिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सुरक्षित अपनाएर यातायात सञ्चालनमा ल्याएको बताए । ‘बसमा यात्रा गर्दा यात्रुले अनिवार्य माक्स लगाउने पर्छ । बसमा सेनिटाइजर राखिएको छ । बसका कर्मचारीको लागि माक्स पञ्जा अनिवार्य छ । कन्डकटरको लागि फेससिल्ड पनि अनिवार्य गरेका छौं’ उनले भने ‘गन्तव्यमा जानु भन्दा अगाडी गाडीको पूरै सिटमा सेनिटाइजर गछौं । गन्तव्यमा पुगिसकेपछि पनी सेनिटाइजर गर्ने व्यवस्था गरेका छौं ।’ गाडीको सिट क्षमता भन्दा आधा यात्रु राखेर साविकको भाडामा ५० प्रतिशत थप गरेर भाडा लिएको समेत बताए ।

2

गत चैत्र ११ गतेदेखी सरकारले लकडाउन सुरु गरेसंगै सार्बजनिक यातायात सेवा पूर्ण रुपमा ठप्प बनेको थियो । अन्य व्यावसाय आसिंक रुपमा सञ्चालनमा आएपनि सार्बजनिक यातायात सेवालाई सञ्चालनमा सरकारले पूर्ण रुपमा रोक लगाएको थियो । यातायात सेवा ठप्प बनेसंगै व्यवसायी र मजदुर पूर्ण प्रभावित बनेको भन्दै चाडबाड नजिकिदै जादा सरकारलाई यातायात व्यावसायीहरुले सेवा सञ्चालनको लागि चर्को दबाब दिएका थिए ।

3 6 8 9 10 11 7 13