धरान: धरानमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

असोज २ गते धरान १२ को अमान बजार र एन्फा एकेडेमी क्वारेन्टिनमा लिइएको १८० जना मध्ये ३० जनाको पोजेटिभ रिपोर्ट आएको छ भने २ जना वीपी प्रतिष्ठानको हेल्प डेस्कमा लिएकाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १२ का २९ बर्षको पुरुष, २८ बर्षकी महिला, ३८ बर्षको महिला, ४५ बर्षको पुरुष र ३० बर्षको पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, धरान ३ को २९ बर्ष र ३६ बर्षको पुरुषको पनि रिपोर्ट पाजेटिभ आएको छ ।, धरान १७ को ४७ बर्षको पुरुष, ५९ बर्षको पुरुष र ५० बर्षको महिलाको पनि रिपोर्ट पोजेटिभ आएको छ । धरान ७ को ९ जना छन् छन् । यसअघि एक जना इलाका प्रहरी कार्यालयमा पोजेटिभ देखिएका प्रहरीको श्रीमतिसहित सोही घरमा डेरा बस्नेहरुमा संक्रमण देखिएको हो । मेहताका अनुसार सबै महिला छन् । संक्रमित हुनेहरुमा ८५ बर्षकी, ६७ बर्षकी, २२ बर्षकी, १९ बर्षकी, ४७ बर्षकी, ३३ बर्षकी, २५ बर्षकी, ७ बर्षकी र ६० बर्षकी महिला छन् ।

यस्तै, धरान १३ को २७ बर्षकी महिला, धरान १३ को ४३ बर्षको र २२ बर्षको पुरुष छन् भने एक जना धरान १३ स्थित संघीय प्रहरी कार्यालयमा कार्यरत २७ बर्षको पुरुष प्रहरी छन् । धरान १६ को ५० बर्षकी महिला र १९ बर्षकी महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । धरान २ को ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरु २१ बर्षको महिला, ४८ बर्षको पुरुष र २४ बर्षको महिला छन् । यस्तै, धरान ८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ बर्ष र २७ बर्षका पुरुष ट्राफिकमा पनि संक्रमण पुष्टि भएको छ । यसबाहेक, वीपी प्रतिष्ठानका एक नर्स र डाक्टरको क्वार्टरमा कार्यरत १८ बर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको छ । योसँगै धरान कुल संक्रमितको संख्या ४२७ पुगेको पनि मेहताले जानकारी दिए ।