धरान: संखुवासभा र मोरंगमा डुबेर २ जनाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार संखुवासभाको चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको हो । हिजो साँझ साढे ५ बजे चैनपुर बतासेबाट घरतर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा लिम्बु डुबेका थिए । घटनाबारे आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा जानकारी गराए पछि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसैगरी मोरङ जहदा १ का १७ बर्षीया रबिना ऋषिदेवको पनि पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे जहदा मुसहरी टोलस्थितमा रहेको पानी जमेको खाडलमा रबिनाको डुबेर मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि प्रहरी टोली थप अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।