प्रदेश १ मा ९१ जना कोरोना संक्रमित थपिए, २७ जना डिस्चार्ज

  • प्रकाशित: आश्विन ७, २०७७ / 486 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ४२ जना थपिएका छन् भने सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २४ महिला र ७ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ ।

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, कालि सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट १–१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ । प्रदेश १ मा आज ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित