धरान: धरान आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा ११ जना फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

धरान १ स्थित विद्यालयले कक्षा ११ मा भर्ना हुन आएका खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । छात्रावृत्ति पाउनेमा सागर श्रेष्ठ, सुदिप चौधरी, दिपेश चौधरी, एवन राई, मिलन राई, अजय चौधरी, कुमार बस्नेत, सविन पोर्तेल, रोहन राई, एविन राई र सक्सेस राई रहेको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

भर्ना भएका खेलाडीहरुलाई छात्रवृत्ति अन्तर्गत ५० प्रतिशत छुट दिइएको विद्यालयका एकेडेमिक डाइरेक्टर मोहन पोखरेलले जानकारी दिए । विद्यालयले फुटबल खेलाडी विद्यार्थीलाई जर्सी र फुटबलसमेत प्रदान गरेको उनले जानकारी दिए । धरान आदर्शले धरानमा विगत ८ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यो शैक्षिक संस्था धरानमा सबै भन्दा धेरै संकाय सञ्चालन गर्ने विद्यालय हो ।

धरान आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, एजुकेशन, ह्युम्यानिटिज, सोसल साइन्सेज र कम्प्युटर साइन्स संकायको पठनपाठन हुदै आएको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले बताए ।dharan adarsha