विराटनगर: प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा मोरगका ८६ जना छन् भने सुनसरीमा २१ जना थपिएका छन् । यस्तै, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरंगको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला, सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा ४ महिला र ९ पुरुष, दुहवीमा १ महिला र ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ । प्रदेश १ मा आज ७ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।